टेबलटेनिस ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन

काठमाडौँ,२ कार्तिक ।

नवौंँ राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । आज सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा प्रहरी ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रुपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रह्यो ।

त्यस्तै बागमती प्रदेशले १ रजत र २ कास्यसहित तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् । आजै सम्पन्न महिला सिङ्गल्सको स्वर्ण पदक नविता श्रेष्ठले हात पार्नुभएको छ । पदक विजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेको हो ।

प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका छन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार रु २५ रुपैयाँ पाउन सफल बने भने एलिनाले रजत पदक जितिन् । प्रतियोगितामा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक पाउन सफल बने । यसैगरी पुरुष सिङ्गल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए ।

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेको हो । श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल बने भने रुविनले रजतमा चित्त बुझाउनुप¥यो । यसैगरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक प्राप्त गरे । प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेश पदकविहीन बन्नुप¥यो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्