डेङ्गी सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

काठमाडौँ,०३ कात्तिक

नेपालमा डेङ्गी सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ७७ वटै जिल्लामा फैलिएको डेङ्गी सङ्क्रमणका कारण ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ४२ हजार ५ सय ४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । यो वर्ष गत साउन महिनामा पहिलोपटक देखिएको डेङ्गी सङ्क्रमण दर बढ्दै गएको भन्दै मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्