१ हजारभन्दा धेरै डेङ्गी सङ्क्रमित थपिए, थप एक जनाको मृत्यु

धादिङ,०५ कात्तिक ।
डेङ्गी सङ्क्रमणका दैनिक जसो मृत्यु हुन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार एक सय ८१ जना डेङ्गीका विरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

योसँगै देशभर डेङ्गी पुष्टि हुनेको सङ्ख्या ४३ हजार ६ सय ८५ पुगेको छ। यस्तै डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । नेपालमा थप ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ सय ९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४८ जना भने निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय १६ जनामा झरेको छ । यस्तै २४ घण्टामा २३ हजार ६ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्