२ महिनाको अवधिमा ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात

काठमाडौँ,०८ कात्तिक ।

चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो ।

यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्