रानीपोखरीमा छठ पर्व मनाउन दिन महानगरसँग पुनः माग

काठमाडौं,१२ कात्तिक ।
छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग गरेको छ । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर समितिले छठ पर्व मनाउनका लागि आइतबार र सोमबार दुई दिन रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकासँग पुनः माग गरेको हो ।

छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरमा दिएको निवेदनको सुनुवाइ नभएपछि समितिले पत्रकार सम्मेलन गरेर महानगरसँग आग्रह गर्नुपरेको समिति अध्यक्ष मदन साहले जानकारी दिए ।

रानीपोखरी आसपासमा बस्नेहरु व्रतालुका लागि सहज हुने भएकाले काठमाडौं महानगरसँग आग्रह गरेको साहले बताए । भोलि आइतबार जलाशयमा शरीरको आधा भाग डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर छठ पर्व सकिनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्