नेपाली राष्ट्रिय फुटबल टोलि आज नेपाल आइपुग्ने

काठमाण्डौ । कुवेतमा भएको फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ छनौटको दोश्रो चरण सक्काएर नेपाली राष्ट्रिय टोलि आज (आइतबार) स्वदेश आइपुग्नेछ ।

कुवेतमा भएको विश्वकप तथा एशियन कप छनौट अन्तर्गत समूह बी मा रहेको नेपाल प्रतियोगिता सक्काएर आइतबार नेपाल आइपुग्ने भएको हो ।नेपाली टोलि कुवेतबाट कतारको दोहा हुँदै काठमाण्डौ आउने तालिका रहेको छ । टोलि आइतबार राति ८ः ३० बजे काठमाण्डौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

नेपालले फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ छनौटको दोश्रो चरण अन्तर्गत पहिलो खेलमा चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने दोश्रँे खेलमा जोर्डनसँग ३–० गोल अन्तरले हारेको थियो ।

यसपछि शुक्रबार भएको समूह बीको अन्तिम खेलमा नेपाल आफूभन्दा निक्कै बलियो टोलि अष्ट्रेलियासँग स्तरीय प्रदर्शन गर्न सफल भएको थियो । यद्यपी नेपालले उक्त खेल ३–० गोल अन्तरले गुमाउन पुग्यो ।

यसअघि नेपाल अष्ट्रेलियाको घरेलु भुमिमा भएको पहिलो चरणको खेलमा ५–० गोल अन्तरले पराजित भएको थियो ।

समूह बी मा ६ अंकका साथ चौथो स्थानमा रहेको नेपालको विश्वकपको यात्रा टुङ्गिए पनि प्ले अफ खेल्दै एशियन कप छनौटको तेश्रो चरणमा पुग्ने सम्भावना भने कायमै रहेको छ ।

यस समूह बीबाट अष्ट्रेलिया शिर्ष स्थानमा रहँदै विश्वकप छनौटको तेश्रो चरण तथा एशियन कपमा स्थान बनाउन सफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्