अबको तीन दिन देशैभर बर्षाःजिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारीमा जुट्न निर्देशन

काठमाण्डौ,०१ असार ।
अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ।  आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ ।

शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो । लगातार पानी पर्दा बाढी पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। अहिले प्रदेश–२,बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रोकथामका लागि ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी र प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ। जनशक्ति आकलन, खोज, उद्धार गर्न अवश्यक सामग्रीको जोहो तथा यस्ता सामग्री अपुग भए माग गर्न पनि प्राधिकरणले भनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्