माधव समूहले बनायो प्रकोप उद्धार विशेष कार्यदल संयोजकमा गंगालाल तुलाधर

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रकोपमा परेकाहरुको उद्धार र पुनर्स्थापनाका निम्ति विशेष कार्यदल बनाएको छ ।

पोलिट्ब्यूरो सदस्य गंगालाल तुलाधरको संयोजकत्वमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्न विशेष कार्यदल बनाइएको जनाइएको छ ।

यो समूहको स्थायी कमिटी बैठकले प्रकोपमा परेकाहरुको उद्धार र पुनर्स्थापनामा जुट्न कार्यकर्ता पंक्तिलाई आह्वान गरेको थियो ।

बैठकपछि जारी वक्तव्यमा उद्धार र पुनस्र्थापनाबारे दीर्घकालीन रणनीति र योजना बनाउन तुलाधरको संयोजकत्वमा विशेष कार्यदल बनाइएको उल्लेख छ ।

कार्यदलमा जनसंगठन, पेशागत संगठन र सातै प्रदेशको प्रतिनिधित्व रहनेगरी सदस्यहरु राखिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्