नीलकण्ठ नगरपालिकाद्धारा १ अर्ब २ करोडको बजेट सार्वजनिक

धादिङको नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि कूल १ अर्ब २ करोड १२ लाख ७७ हजार ५ सय २५ रुपैंयाको बजेट ल्याएको छ ।

जसमा बित्तीय समानीकरण सङघ २३ करोड ५९ लाख, बित्तीय समानीकरण प्रदेशको २ करोड १४ लाख ४९ हजार,सर्शत सङ ३९ करोड ४२ लाख,सर्शत प्रदेश २ करोड ९६ लाख १० हजार रहेको  नगरपालिकाका उपमेयर मनराज भण्डारीले बताउनुभयो । 

यस्तै आन्तरिक आय ३ करोड, आन्तरिक आय मौज्दात ९ करोड, राजस्व वाडँफाड सङघ ११ करोड ८२ लाख ७७ हजार,राजस्व वाडँफाड प्रदेश ५ करोड २३ लाख ४१ हजार ५२५, विशेष अनुदान प्रदेश ६० लाख,समपुरक अनुदान प्रदेश ३ करोड,मालपोत १ करोड २५ लाख, बिभाज्य कोष १० लाख रहेको भण्डारीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्