एकलौटी फर्मका रुपमा व्यवसाय गर्नेले कति तिर्नुपर्छ कर ?

राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि करको दर सार्वजनिक गरेको छ । जसअनुसार एकलौटी फर्मका रुपमा व्यवसायमात्र हुनेले एकलतर्फ वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा र दम्पतीतर्फ ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा कर नलाग्ने भएको छ ।एकलतर्फ ४ लाखभन्दा माथि ५ लाखसम्म करयोग्य आय भएमा ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । यस्तै दम्पतीतर्फ भने ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकमको १० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।यस्तै, ५ लाखदेखि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १० हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

यसैगरी दम्पतीतर्फ ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १० हजार र ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

७ लाखभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिका लागि न्यूनतम ५० हजारका अतिरिक्त ७ लाखभन्दा माथि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । दम्पतीको हकमा भने ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्उ आय भएमा न्यूनतम ५० हजारका अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर लाग्नेछ ।

२० लाखभन्दा माथि करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ लाख ४० हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर लाग्नेछ भने दम्पतीको हकमा न्यूनतम ४ लाख २५ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्