निजी सवारीलाई चल्न दिने निर्णयसँगै उपत्यकामा बढ्यो ट्राफिक जाम

काठमाडौँ– कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएसँगै सडकमा सवारीसाधनको चाप बढेको छ ।निषेधाज्ञालाई केही खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ भने उपत्यकाको सडकमा सवारी साधानको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि असार १४ गतेसम्म विभिन्न क्षेत्र र निजी सवारीसाधानलाई खुलाउने निर्णय प्रशासनले गरेको छ ।सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ८ सय ६१ वटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६ सय ५७ वटा दुई पाङ्ग्रे, १३८ वटा चार पाङ्ग्रे, ३५ वटा ट्याक्सी र ३१ वटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्