फेसबुकमा फ्यानलाई प्रदिपको जवाफ–‘समाजसेवा प्रचार नगरी गर्दा हुन्छ कि प्रचार गर्नैपर्छ ?

नायक प्रदिप खड्काले एक कोल्ड ड्रिक्सको विज्ञापन गर्दै सामाजिक संजालमा तस्वीर पोष्ट गरेपछि अहिले यसलाई लिएर बहस नै भैरहेको छ । सामाजिक संजालमा कोल्ड ड्रिक्सको प्रचार किन गरेको भनेर प्रश्न सोझ्याउने केही प्रयोगकर्ता छन् भने केहीले प्रदिपले विज्ञापन गर्ने वित्तिकै प्रयोग गर्नैपर्छ र भनेर उनको वचाउ पनि गरेका छन् । तर, अधिकांश प्रश्न सोध्नेहरुलाई प्रदिपले जवाफ पनि फर्काएका छन् । उनी र उनको तस्वीरमा प्रतिक्रिया दिनेहरुविच सवाल–जवाफ नै चलेको देखिन्छ ।

केही दर्शकले यस्तो समयमा जनतालाई सहयोग नगरी उल्टै कोल्ड ड्रिक्सको प्रचार गरेर पैसा कमाउन तल्लिन भएको भन्दै उनको आलोचना गरेका छन् । महामारीको समयमा पनि जनताको साथमा नदेखिएको भन्दै प्रदिपको आलोचना पनि भएको छ ।

उनै, प्रदिपले यसमा जवाफ दिदै लेखेका छन्–‘अक्षरस जाने हो भने भगवानले सहयोग गर्ने हो, भवगानलाई सहयोग आवश्यक पर्छ ? भावानात्मक रुपमा जाने हो भने आवश्यक पर्नेलाई पक्कै सहयोग गर्न पर्छ । विना प्रचार गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ ?’

प्रदिपले अगाडि लेखेका छन्–‘आफ्नो सामथ्र्य भन्दा माथि सहयोग गर्न जरुरी छ ? कसैलाई व्यक्तिगत रुपमा सहयोग जुटाउन मैले अपिल गर्दा मद्दत बढ्छ भने म त्यो गर्छु र गरेको पनि छु । यसलाई म प्रचार भन्दा पनि माध्यमको प्रयोग मान्छु ।’

प्रदिपले आफू राष्ट्रमा परेको भिषण परिस्थितीमा पनि आफू घरमा लुकेर नबसेको जवाफ दिएका छन् । उनले लेखेका छन्–‘भारतमा कोभिडले चरम आतंक मच्चाउँदा नेपाली चलचित्रको लागि योगदान दिन तल्लिन भएरै काममा लागेको छु । भाइरस आज होला, क्यान्सर पहिलादेखि नै थियो । भ्याक्सिन बनाउने ठूलो होला तर क्यान्सरको औषधी पत्ता लगाउने पन िकम हुँदैनन् । ‘प्रेमगीत ३’ मार्फत नेपाली चलचित्र क्षेत्रको क्यान्सरको उपचार पत्ता लागोस् । प्रचार नगर्दा योगदान मुल्यांकन हुन्न भने मेरो भन्नु केही छैन ।’

उनले पैसा माग्दै आधा खल्तीमा हालेर आधा बाढ्दै हिड्न पर्छ भन्ने कही छ भनेर पनि एक प्रश्नकर्तालाई जवाफ दिएका छन् । प्रदिपले सामाजिक काम गरेको देखाउन बन्द गर्न आवश्यक छ भन्दै जसको जे काम हो सोही कामबाट योगदान दिन आवश्यक रहेको जवाफ दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्