बिहिबार धादिङमा ७४ संक्रमित थपिए,४४ जना डिस्चार्ज,एकको मृत्यु

धादिङ,१० असार ।
धादिङमा आज थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांकअनुसार आज नीलकण्ठका ३२, गल्छीका २, गजुरीका २, ज्वालामुखीका १, त्रिपुरासुन्दरीका ५, गंगाजमुनाका १, थाक्रेका ६, रुवीभ्यालीका ३ र धादिङ अस्पतालमा १० गरी जिल्ला भित्र ६२  जना र जिल्ला बाहिरको १२ जनामा संक्रमण  पुष्टि भएको छ  ।

संक्रमित मध्ये ७७७ जना जिल्ला भित्र र ८१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६१४ पुगेको छ ।  आज जिल्लाभर थप ४४ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार ७८ पुगेको छ भने सक्रिय केश ८५८ रहेको छ । 

जिल्ला भित्र अस्पताल आइसोलेसनमा १०, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ७३८ जना रहेका छन्। जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ जना रहेका छन्  ।  

संक्रमणका कारण आज नीलकण्ठमा ५२ बर्षीय पुरुषको मृत्यु भएसंगै धादिङको मृत्यु संख्या ७३ पुगेको छ । जिल्लामा आज १८५ एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका ७ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्