इंग्ल्यान्डले जित्यो श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिज

एजेन्सी । इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

बिहीबार राति कार्डिफमा भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो । 

श्रीलंकाले दिएको १ सय १२ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो ।

त्यसपछि डीएलको आधारमा इंग्ल्यान्डले १८ ओभरमा जितका लागि १ सय ३ रनको लक्ष्य पायो । इंग्ल्यान्डले उक्त लक्ष्य १६ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डका लियाम लिभिङस्टोनले अविजित २९ रन रन जोड्दा साम विलिङ्सले २४ रन बनाए । यस्तै, साम कुरान १६ रनमा अविजित रहे । श्रीलंकाका वानिन्दु हसरंगाले २ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ३९ रन बनाए । कप्तान कुशल परेराले २१ रन जोड्दा इसुरु उडानाले अविजित १९ रन बनाए ।

इंग्ल्यान्डका मार्क उड र आदील राशिदले २/२ विकेट लिए ।

पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्