धादिङमा संक्रमित घट्दोः१८ जनामा संक्रमण,११४ जना डिस्चार्ज

धादिङ,११ असार ।
धादिङमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांक अनुसार आज गंगाजमुनाका ७, नेत्रावती डवजोङका ४, धादिङ अस्पतालका ३, रुवीभ्यालीका २ जना र थाक्रे र ज्वालामुखीका १/१ जना गरी जिल्ला भित्र १८ जनामा संक्रमण पुष्टि भएको छ  ।

संक्रमित मध्ये ६८१ जना जिल्ला भित्र र ८१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६३२ पुगेको छ ।  आज जिल्लाभर थप ११४ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार १९२ पुगेको छ भने सक्रिय केश ७६२ रहेको छ । 

जिल्ला भित्र अस्पताल आइसोलेसनमा १०,संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ६४२ रहेका छन्।जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ जना रहेका छन्  ।  

संक्रमणका कारण जिल्लाम हालसम्म ७३ जनाको मृत्यु भएको छ । आज सिद्धलेकमा ३५ र धादिङ अस्पतालका १४ गरी जिल्ला भित्र ४९ स्वाब संकलन भएको छ भने आज ६७ जनाको एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्