नेपालमा आज कोरोना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर

पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जनामा कोरोना पुष्टि हुँदा ४ हजार ९ सय १४ जना कोरोना निको भएका छन् । अर्थात आज कोरोना पुष्टि हुने भन्दा कोरोना निको हुनेको संख्या दोब्बर बढी रहेको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३० जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हु्नेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्