शनिबार धादिङका २५ जनामा कोरोना पुष्टि:७२ जना डिस्चार्ज

धादिङ,१२ असार ।
धादिङमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांक अनुसार आज धादिङ अस्पतालमा ९ जना, बेनिघाट रोराङका ४, रुवीभ्यालिका ४  धुनिबेशीका ३, नीलकण्ठ नगरपालिका, सिद्धलेक, गजुरी, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकाका १/१ जना गरि जिल्लाभित्र २५ जनामा कोरोना पोजिटिभ देखिएको छ  ।

संक्रमित मध्ये ६३४ जना जिल्ला भित्र र ८१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६५७ पुगेको छ ।  

आज जिल्लाभरका थप ७२ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार २६४ पुगेको छ भने सक्रिय केश ७१५ रहेको छ । 

जिल्ला भित्र अस्पताल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ३० र होम आइसोलेसनमा ५९१ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ रहेका छन्।  

संक्रमणका कारण जिल्लामा हालसम्म ७३ जनाको मृत्यु भएको छ । आज जिल्लाभर ५६ जनाको एन्टिजेन परिक्षण गरिएको छ ।हाल जिल्लाभरका ५६ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्