धादिङमा जेसिबीको ब्रेकफेल भई बोलेरोलाई ठक्कर दिदाँ २ जना घाइते

धादिङ,१३ असार
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । ससाहबाट धादिङबेसी आउदै गरेको बा २ क १५६४ नम्बरको डोजरको ब्रेक फेल भई रोकीराखेको बा २० च ४४०१ नम्बरको बोलेरो जीपलाई ठक्कर दिदाँ ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ बस्ने निर्मला तामाङ र धनमायाँ तामाङ घाईते भएका हुन्।

घाईते मध्ये निर्मला तामाङको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते दुई जनालाई नै थप उपचारको लागि काठमाण्डौ लगिएको छ । ठक्करबाट बोलेरो र रोकिराखेका मोटरसाइकलमा पनि क्षति पु¥याएको छ ।घट्नाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तस्विर:राम तामाङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्