थप २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

धादिङ,१४ असार ।
नेपालमा केही साता यता दैनिक संक्रमित भन्दा निको हुनेको दर बढ्दै गएको छ । आज २ हजार ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि हुदाँ ३ हजार ८५३ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरका प्रयोगशालाबाट ६ हजार ६४८ जनाको पीसीआर गर्दा १५ सय ९ जना र ४ हजार ९९२ जनाको एन्टिजिन परिक्षणमा ९३५ गरी कुल २ हजार ४४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आईतबार  मात्रै १ हजार ९२० संक्रमित थपिएका थिए । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ।

सक्रिय केश ३७ हजार ९५० जनामा आईपुगेको छ भने देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ८८ हजार १८७ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९२ दशमलब ६ प्रतिशत रहेको छ ।

संक्रमणबाट थप ४२ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५१ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्