पछिल्लो २४ घण्टा देखि भीमफेदी–कुलेखानी अवरुद्ध,अझै खुलेन

हेटौंडा । निरन्तर वर्षाका कारण पहिरो जाँदा पछिल्लो २४ घण्टादेखि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध रहेको छ ।भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका(६ देउराली र चिसापानीगढी लगाएत विभिन्न स्थानमा आएको पहिरोले २४ घण्टादेखि सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

उनले भनेः निरन्तर वर्षा र पहिरोको कारण पछिल्लो २४ घण्टादेखि भीमफेदी–कुलेखानी सडक अवरुद्ध भएको छ । निरन्तर वर्षाको साथै विभिन्न स्थानमा आएको पहिरोको कारण सडक अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण पहिरो पन्छाउन समस्या छ ।

सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको निमित्त प्रवक्ता दासले बताए । लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्