जन्मदिनको अवसरमा धादिङका ३५ परिवारलाई खाद्यान्य सहयोग

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले आफनो जन्मदिनको अवसरमा धादिङका ३५ परिवारलाई खाद्यान्य सहयोग गर्नुभएको छ । बिहिबार जिल्लाको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच ढकालले कोभिडका कारण समस्यामा परेका ३५ परिवारलाई एक महिना पुग्ने खाद्यान्य सागाग्री गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गर्नुभएको हो । राहत वितरणको संयोजन बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल धादिङका संयोजक दिपक सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो जन्मोत्सवका अवसर पारी जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अप्नाएको एकद्धार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको बताउनुभयो। उहाँले चेपाङ समुदायमा खाद्यान्य समस्या परेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफलेु कति सहयोग गप्यो भन्दा पनि प्रेम र सदभाव बाँडन आएको बताउनुभयो।

अध्यक्ष ढकालले यस अधि पनि भूकम्प गएको बखत धादिङ जिल्लाको धुसामा सहयोग गरेको स्मरण गदै संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ढकालले आफु सम्बद्ध संस्थाबाट गाउँपालिकासँग अन्तर सम्बन्धीत भई नेतृत्व बिकास लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिताको लागि सहकार्य गर्ने पनि बताउनुभयो।

कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देबीप्रसाद सिलवालले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न चेपाङ परिवारका खाधान्य सहयोग सवैका लागि अनुकरणीय हुने बताउनुभयो। उपाध्यक्ष सिलवालले राहत बितरण कार्यक्रम एकद्धार प्रणाली अन्तरर्गत भएको जानकारी दिदै जनताको दुःखमा जहिले पनि गाउँपालिका साथमा रहेको भन्दै यस्तै सहयोगी भावना भएका ब्यत्तित्वहरुबाट सदैव साथ चाहेको समेत बताउनुभयो।कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली मध्ये काली सुनार, तेज कुमारी सुनार, मैया सुनार, सेती सुनार निर्मला सुनवार लगायत ३५ परिवारलाई खाधान्य वितरण गरिएको छ। कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष रोशन कुमार सिलवाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, गाउपालिकाका अधिकृृत सन्तोष अर्याल, पशुराम घिमिरे, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा,मनोज कुमार सुर्खेति धादिङ अस्पातालको डा।सदिक्षा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्