आज राष्ट्रिय सभाको बैठक, जम्मा दुई कार्यसूची

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका २ वटा सम्भावित कार्यसूची तोकिएको छ ।आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन् । राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्तर्गत आज दोस्रो बैठक बस्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्