२५ वर्षपछि इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

काठमाडौं, असार २० । इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युक्रेनविरुद्ध सहज जित निकाल्दै उसले सेमिफाइनलको यात्रा सुरु गरेको हो ।

भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डले युक्रेनविरुद्ध ४–० को शानदार जित दर्ता गरायो । इंग्ल्याण्डलाई सहज जित दिलाउन कप्तान ह्यारी क्यानले दुई गोल गरे ।

इटालीमा भएको खेलमा इंग्ल्याण्डले सुरुवातमै अग्रता लिएको थियो । कप्तान केनले चौथो मिनेटमै गोल गर्दै इंग्ल्याडलाई अग्रता दिलाए । उनले रहिम स्टर्लिङको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।पहिलो हाफमा युक्रेनले केही आक्रमण बुनेको थियो तर गोल गर्न भने सकेन । दोस्रो हाफको सुरुवातमै इंग्ल्याण्डले पुनः आक्रामक खेल सुरु गर्यो । यसको परिणामतः ४६ औं मिनेटमै ह्यारी मग्वायरले गोल गर्दै टोलीलाई २ ० को अग्रता दिलाए ।
पुनः कप्तान केनले गोल गर्दै आफ्नो टोलीलाई ३ ० को स्थितिमा पुर्याए । त्यस्तै, सफ्टिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका जोर्डन हेन्डरसनले ६३ औँ मिनेटमा गोल चौथो गोल गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्