कस्ता हुन् साउन एकदेखि नचल्ने भनिएका ‘अवैध मोबाइल’ ?

काठमाडौं, २२ असार । नेपालमा अवैध मोबाइलहरु नचल्ने भन्‍नेबारेका समाचार लामो समयदेखि सुनिँदै आएको छ । र यो नियम आउँदो साउन महिनादेखि लागू हुने निश्‍चित देखिएको छ ।

तर यस नियमका कारण विदेशबाट निजी प्रयोगका रुपमा ल्याइएका वा आपन्तजन र साथीभाइहरुले उपहारका रुपमा पठाइदिने मोबाइल भित्र्याउनेहरु पनि त्रसित छन् ।कस्ता हुन् त ती अवैध भनेर तोकिएका मोबाइल रु नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने दर्ता नगरिएका मोबाइललाज्ञ अवैध भनिएको छ ।

र त्यस्ता सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरुले भने डराउनु नपर्ने प्राधिकरणले बताएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ । विदेशबाट सिधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् ।

हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरिराखेको प्राधिकरणको भनाइ छ ।-साझापोष्टबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्