गायक तथा सफल व्यावसायी श्याम शितलद्वारा(एनआरएनए)जापानको सचिवमा उम्मेदवारी

धादिङ। 
कुशल गायक,सञ्चारकर्मी तथा सफल व्यावसायी श्याम कुमार श्रेष्ठ(श्याम शितल)ले एनआरएनए जापानको सचिव पदमा उम्मेदवारी दिनु भएको छ । जापानमा व्यावसाय गर्दै आईरहनु भएका श्याम शितलले आफुलाई निर्वाचनमा निर्वाचित गरानको लागि सबैलाई आग्रह गर्नुभएको छ। आफुलाई कुनै पार्टि,जातिय र क्षेत्रिय आधारमा साथ नदिई, केवल यो क्षेत्रमा कर्मगर्ने प्रतिवद्धता बोकेको युवाको रुपमा साथ र समर्थन गरिदिन अपिल गर्नुभएको छ ।

नेपालमा धादिङ्ग स्थाइ घर भएका श्याम शितल पत्रकारीता संगै कुशल गायक पनि हुनुहन्छ । उहाँले गाएका कयौ गितहरु लोकप्रीय समेत बनेका छन्। एनआरएनएमा केहि प्राप्तीभन्दा पनि आफुसंग भएको ज्ञान र अनुभवको संयोजनबाट संस्थालाई अगाडी बढाउनको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो। 

सचिवको पदका उम्मेदवारी श्याम शितलको यस्तो छ प्रतिबद्धता

आदणीय, सम्माननीय र आत्मिय ब्यक्तिहरुमा नमस्कार,
मेरो करिब १ दशक लामो जापान बसाईको क्रममा मैले आज सम्म देखेको जापान र भोगेको जापानलाई नजिक बाट नियाल्दै गर्दा आफ्ना लागी जिउनेहरु धेरै देखे खोक्रो समाज सेवा गर्नेहरुको बजार नै भेटे जिन्दगी जिउनु मात्र जिबन होइन केहि पल केहि समय मात्र भए पनि कसैको लागी जिउन सक्नु नै जीबन हो भन्ने ठानेर जापान प्रबेश गरेको केहि समय देखि नै आफु बस्दै गरेको क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई एकता बद्ध गराएर एउटा समाजको स्थापना गरी त्यसै सस्थाको सचिब पदबाट सुरु गरेको मेरो सस्थागत निस्वार्थ समाज सेवा २०१७–२०१९ मा गैर आवसीय नेपाली संघ नागोया क्षेत्रिय समितिको सचिब २०१९–२०२१ मा गैर आवसीय नेपाली संघ नागोया क्षेत्रिय समितिको संयोजक पदमा रहि आफुले आर्थिक भौतिक र नैतिक तवरले भ्याए सम्म आफ्नो जिम्मेबारी पुरा गरे भन्ने महसुस गरेको छु ।

पछिल्लो समय एनआरएन जापान प्रति लागेको बिभिन्न आरोपहरु,मेरै आफ्नै क्षेत्र नागोया भित्र देखिएको समिती गठनको समस्या आदी इत्यादीले यो भन्दा अगाडीको बाटो कसो गर्ने भन्ने दोधार मनलाई बिभीन्न क्षेत्रबाट मेरा अग्रज अबिभाबक र मेरा आत्मिय शुभचिन्तकहरुले दिनुभएको सल्लाह सुझाबलाई मध्यनजर गर्दै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी २०२१–२०२३ कार्यकालको लागी सचिब पदमा उम्मेद्बारी दिने सोच बनाएको छु । मैले करिब दुई दशक लामो कलाकारिता र पत्रकारिताको अनुभबलाई सङ्गालेर मैले इच्छा गरेको पदलाई पूर्ण रुपमा न्याय दिने कोशीस गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यहाँ हरुको पूर्ण साथ र सहयोगको अपेक्षा गर्दछु ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्