कृषि विकास बैंकले ल्यायो अनलाइन डिम्याट खातासहितका धेरै सुविधा

बैंकिङ खबर / कृषि विकास बैंकले शुक्रबारबाट नयाँ सेवा सुचारु गरको छ । बैंकले अनलाइनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ ।

यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सि.आर.एन, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो ।

यसका अलावा बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेश बाट अनलाईनका माध्यमबाट समेत चल्ती, वचत खातासहित सवै सेवाहरु अनुरोध गर्न सक्ने छन् । यो सेवा सुरु भए पश्चात अनलाइनका माध्यमबाट सेवा अनुरोध गर्न सकिने छ भने कोभिडको यस माहामारिको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । कृषि विकास बैंकसँग जोडिन यस प्रकारका सेवाहरुले थप सहजता प्रदान गर्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ ।

यस प्रकारको सेवा सुचारु भए पश्चात स्वचालीत रुपमा इमेल तथाSMS का माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको छ । साथै कृषि विकास बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहक महानुभावहरुले विना झन्झट यो सेवा समयमा नै उपयोग गर्न सकिन्छ । यो सेवा उपयोगका लागि ३६५ दिन नै २४ घण्टा नैhttps://onlineaccount.adbl.gov.np/  मार्फत अनुरोध गर्न सक्ने व्यवस्था गरेको छ । यो सेवा पश्चात वैक ग्राहक वीचको सम्वन्ध थप दरिलो हुने विश्वास बैंकले लिएको छ ।

यस सेवा पश्चात सेयर कारोवारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकहरुले थप ग्राहक पहिचान विवरण पेश गर्नु नपर्ने, नावालकहरुको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंक समक्ष पुग्नु नपर्ने, मोवाईल तथा इन्टरनेट बैंकिङ्गका लागि आवेदन दिन सकिने छ । यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच पुर्‍याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो रहेको छ ।
उक्त सेवाको शुभारम्भ कार्यक्रममा बैंक उप–महाप्रबन्धकहरु क्रमशः प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, धु्रबचन्द्र गौतम , दिर्घबहादुर अर्याल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल बैंक विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन बैंकका शाखा प्रमुख विनोद कोईराला र धु्रव पौडेल संयुक्त रुपमा गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्