कर्णालीमा अध्यादेशबाट बजेट ल्याउने तयारी, मध्यरातमा अधिवेशन अन्त्य

सुर्खेत, ३१ असार । कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मध्यरातमा प्रदेशसभा अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले बुधबार मध्यराति सूचना जारी गर्दै असार ३० गते राति १२ बजेदेखि नै लागू हुने गरी अधिवेशन अन्त्य भएको घोषणा गरेको छ ।पछिल्लो एक महिनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन् । जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेटमा छलफल नै हुन पाएन ।एमालेको अवरोधकै कारण प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित हुन नसक्ने भएपछि प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको बताइएको छ । अध्यादेशमार्फत सरकारले संसदमा प्रस्तुत गरेको ३६ अर्ब ५४ करोडकै बजेट ल्याउन सकिने एक मन्त्रीले बताएका छन् ।

सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता भएकाले यो कदम चाल्नु परेको सत्तारुढ नेकपा माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्