राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी

नेपाल राष्ट्र बैंकले बिहीबारदेखि लागू हुने गरी एक हप्ताको सर्ट टर्म निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ । बैंकले साउन २१ गते अर्थात् बिहीबारदेखि साउन २८ गतेसम्मका लागि कुल ४० अर्ब निक्षेप संकलनका लागि अनलाइन बिडिङ्ग आह्वान गरेको हो । 

इच्छुक लगानीकर्ताले आजै अपरान्ह ३ बजे सम्म अनलाइन प्रणाली मार्फत निक्षेप डिपोजिटका लागि दरखास्त दिन सक्नेछन् । यद्यपि, लगानीका लागि भने निक्षेपकर्ताले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको पूर्ण रमकका लागि समेत दर्खास्त दिन सकिने बैंकले जनाएको छ । 

खुल्ला बजार कारोबार सञ्चालन समितिले कर्ट–अफ रेटमा ब्याजदर निर्धारण गर्नेमा निक्षेपको लगानी आगामी साउन २८ गते सम्पूर्ण साँवा तथा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । उक्त निक्षेप लगानी राष्ट्र बैंक बाहेकका अन्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा प्रयोग गर्न समेत सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्