‘लभ सर्कल’ को ट्रेलरमा प्रेम, रोमान्स र कमेडी

कमेडी र थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका केही दृश्य समेटिएको ट्रेलरमा प्रेम, रोमान्स, मित्रता, वियोग, धोका र कमेडी प्रस्तुत गर्न खोजिएको छ ।

कोरोनाका कारण चलचित्र घरमा रिलिज गर्ने वातावरण नभएको कारण फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुँदैन । फिल्ममा मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रविन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइराला (दले दाई)को  मुख्य भूमिका रहेको छ । 


फिल्म साउन २९ गते रिलिज हुने निर्माण युनिटले जनाएको छ । ओमप्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायाँकन, पवित्रा आचार्यको कोरियोग्राफी र शाहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्