नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने उनले बताए।
बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिइएको छ। महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशन सुनिश्चितताका लागि ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए।


 
		 
			 
                             
                             
                             
                             
                            