धादिङमा मास्क अभियान

धादिङमा पनि मास्क अभियान सुरु गरिएको छ।आज जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा कोरोना संक्रमणको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्धेश्यले मास्क अभियान सुरु गरिएको हो ।

अभियान अन्तर्गत आज निलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा तपाईको मास्क  खोई ?,‘नेपाल मास्क अभियान, म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु लेखिएका व्यानर र प्ले कार्ड  बेकि जनचेतनामुलक कार्यक्रम सहित बजार परिक्रमा गरिएको थियो ।  कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख‚सशस्त्र प्रहरी बल, अनाश्रित गुल्म धादिङवेसीका प्रमुख,अन्य सरोकारवाला निकायहरु र अन्य संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता   रहेको थियो। 

कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी धादिङ र धादिङ उद्योग वाणिज्य संघको सहयोगमा प्राप्त एक हजार थान मास्क बजारमा मास्क नलगाई हिड्ने सर्वसाधारणहरुलाई वितरण गरिएको छ।

साउन २३ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ देशभर मास्क अभियान सञ्चालन गरेको छ।देशैभर जनस्वास्थ्यका मापदण्ड उलंघन भएको र मास्क लगाउन पनि लापरबाही गरेका कारण स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्