फिर्मिनो चम्कँदा लिभरपुलको जित

२६ साउन, काठमाडौं । रोवर्टो फिर्निनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा ओसासुनालाई सहजै पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पानिस क्लब ओसासुनालाई ३-१ ले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १४औं मिनेटमै

ओसासुनाका जेसस एरेसोले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । फिर्मिनोले २१औं र ४१औं मिनेटमा गोल गरेपछि लिरपुलले पहिलो हाफमै ३-० को अग्रता बनायो ।

ओसासुनाका लागि ७० औं मिनेटमा किकेले एक गोल फर्काएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्