मेस्सीबिना नयाँ सिजनमा बार्साको विजयी सुरुवात

स्टार खेलाडी लियोनेल मेस्सीबिना बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको हो ।
जेरार्ड पिकेले खेलको १९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ब्राथवेटले दुई गोल थप्दै बार्सिलोनाको अग्रता फराकिलो बनाए । उनी ला लिगामा एकै खेलमा २ गोल गर्ने पहिलो डेनिस खेलाडी बने ।
तर, त्यसपछि जुलेन लोबेटे र मिकेल ओयारजाबालले गोल गर्दै सोसिडाडले खेल ३–२ को स्थिति ल्याउन सफल रह्यो । तर, इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।
उता, साबिक विजेता एथ्लेटिको म्याड्रिडले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । दुवै टोली १० खेलाडीमा सीमित भएको खेलमा एथ्लेटिको २–१ गोलले विजयी बन्यो ।

एथ्लेटिकोको जीतमा दुवै गोल एन्जल कोरेयाले भने सेल्टाका लागि इयागो आसपासले पेनाल्टीमार्फत गोल गरेका थिए ।

उता, आइतबार नै भएको खेलमा सेभियाले रायो भायोकानोलाई ३–० गोलले हरायो ।

रातोपाटीबाट साभार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्