गजुरीको बञ्चरेडाँडामा करेन्ट लागेर दुई जनाको मृत्यु,एक घाइते

धादिङ,१४ भाद्र ।
धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित बञ्चरेडाँडा(धारापानी)मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।छिनेको एनसेल मोबाइलको तार बनाउने क्रममा बिजुलीको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

मृत्यु हुनेमा पश्चिम अञ्चल सोलुसन्स प्रा.लिमा कार्यरत स्याङ्जा पुतली बजारका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन् भने पोखराका भुबन बराल घाईते भएका प्रहरीले जनाएको छ।

घाईते बराललाई उपचारका लागि काठमाडौं पठाइएको र मृतक दुईजनाको शव पोष्टमार्टमको लागि गजुरी प्राथमिक उपचार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्