धादिङमा ट्रक दुर्घटनाः३५ जना घाईते,गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो (घाइतेको नामावली सहित)

धादिङ,१४ भाद्र।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित बगैँचामा स्वराज ट्रक दुर्घटना हुँदा ३५ जना घाईते भएका छन्।आज बिहान ज्वालामुखी गाउँपालिका–५ खरिबाट धादिङबेशीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको स्वराज ट्रक अनियन्त्रित भई रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिप्परमा ठोक्किदा ३५ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकामध्ये ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको छ भने ११ जनालाई धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ रेफर गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो।अन्य सामान्य घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको छ । 

काठमाडौँ रेफर गरिएका घाईतहरु :

शान्ता पुडाशैनी गुरुङ, तारा बयलकोटी, दिल बहादुर बयलकोटी, दुर्गा बहादुर आले, पार्वती आले, खिल बहादुर चितौरे मगर, मिना श्रेष्ठ, मिठुमाया श्रेष्ठ, बलराम अधिकारी, मिलन राना मगर, पान बहादुर तामाङ, राजाराम अधिकारी, सुवास तामाङ, सञ्चिता तामाङ र दिपा राना

जम्मा घाईतेहरुको विवरण

१.तेज बिक्रम अधिकारी–१६ वर्ष ज्वालामुखी ५ 
२.बलराम अधिकारी–५० बर्ष– ज्वालामुखी ५ 
३.बेल बहादुर मगर,७० वर्ष–ज्वालामुखी ५
४. कमला नेपाली,२६ वर्ष –ज्वालामुखी ५
५.सुजन तामाङ,१८ वर्ष –ज्वालामुखी ५
६.सिता तिमल्सेना,४९ वर्ष–ज्वालामुखी ५
७.आयुष आले मगर, १० वर्ष –ज्वालामुखी ५
८.दिपा राना, २० वर्ष –ज्वालामुखी ५
९.संजीता तामाङ,१७ वर्ष –ज्वालामुखी ५
१० श्ांकर गरुङ २६ वर्ष–ज्वालामुखी ५
११.ओस्कार गुरुङ,७ वर्ष–ज्वालामुखी ५
१२.बालाज तामाङ, ५३ वर्ष–ज्वालामुखी ५
१३.सुवास तामाङ,३५ वर्ष –ज्वालामुखी ५
१४.राजाराम अधिकारी, ४८ वर्ष–ज्वालामुखी ५
१५.मन बहादुर तामाङ,२० वर्ष –ज्वालामुखी ५
१६.मिलन राना, २४ वर्ष –ज्वालामुखी ४
१७.क्ृष्ण बहादुर अधिकारी,५० वर्ष –ज्वालामुखी ५
१८.दिल बुर्लाकोटि,२७ वर्ष–नीलकण्ठ ३
१९.चन्द्रकला पौडेल, ३० वर्ष –ज्वालामुखी ५
२०.दुर्गा अर्याल,२३ वर्ष –ज्वालामुखी ५
२१. मान बहादुर अधिकारी
२२. मिना श्रेष्ठ,२६ वर्ष –ज्वालामुखी ५
२३.पार्वती आले ,७० वर्ष –ज्वालामुखी ५
२४.टेक बहादुर आले, ३७ वर्ष–ज्वालामुखी ५
२५.दुर्गा बहादुर पाथे्र,२८  वर्ष –ज्वालामुखी ५
२६.दिल बहादुर बयालकोटी,२८ वर्ष–ज्वालामुखी ५
२७.होम बहादुर आले,३७ वर्ष –ज्वालामुखी ५
२८.तारा बयलकोटी,४७ वर्ष –ज्वालामुखी ५
२९.शर्मिला बयलकोटी,२० वर्ष –ज्वालामुखी ५
३०.दृष्टि बयलकोटी, ११ महिना –ज्वालामुखी ५
३१.प्रेम आले,२२ वर्ष –ज्वालामुखी ५
३२.दिप्सन आले मगर,२ वर्ष –ज्वालामुखी ५
३३.शान्ता पुडाशैनी गुरुङ,२९ वर्ष –ज्वालामुखी ५
३४.समर्पण गुरुङ,४ वर्ष –ज्वालामुखी ५
३५.सर्मिला गुरुङ,७ वर्ष–ज्वालामुखी ५

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्