काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्।२ जना मन्त्री र ३ जना राज्यमन्त्री थपेर आचार्यले मन्त्रिपरिषद विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन्।
नवनियुक्त मन्त्रीमा तुलसी प्रसाद न्यौपाने (आर्थिक मामिला तथा योजना) र हिराकुमार थापा (भूमि व्यवस्था, कृषि तथा सहकारी) छन्।
यस्तै, राज्यमन्त्रीहरुमा ज्ञानेश्वर राजवंशी (भूमि व्यवस्था, कृषि तथा सहकारी), उत्तम कुमार बस्नेत (उद्योग पर्यटन तथा वातावरण) र लीला बल्लभ अधिकारी (आन्तरिक मामिला तथा कानुन)मा नियुक्त भएका छन्।