कांग्रेसको थप ३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।

निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ । ती जिल्लामा १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्