बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रकम प्रणालीमा प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले बिहिबार रिपो मार्फत २० अर्ब रकम बजारमा पठाउन लागेको हो ।
राष्ट्र बैंकले बिहिबार १४ दिने अवधिको रिपो जारी गर्न लागेको हो । बजारमा न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको लागि तरलता प्रवाह गर्न प्रयोग गर्ने उपकरण नै “रिपो” हो ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत यो रकम बजारमा पठाउने छ । यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुन्छ । बोलकबोलबाट निर्धारण भएको ब्याज दरमा राष्ट्र बैंकले यो रकम बजारमा पठाउछ । राष्ट्र बैंकले १४ दिनको लागि यो रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले यस अघि भदौ २४ मा पनि ३० अर्बको रिपो जारी गरेको थियो।
बैंक तथा वित्तीय संस्थाहरु अहिले तरलता अभावको समस्यासँग जुधी रहेका छन् । तरलता अभावकै कारण बैंकहरुले असोज १ गतेबाट निक्षेपको ब्याज बढाउने तयारी गरेका छन्।