असोज ४ गतेदेखि दशैँको लागि नयाँ नोट साट्न पाईने

नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दशैँको लागि नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत् समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ 

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्