वडाध्यक्ष तामाङको चरित्र हत्या गरेको भन्दै एमाले धादिङको आपत्ति

एमाले धादिङका जिल्ला कमिटि सदस्य एवम नीलकण्ठ नगरपालिका १४ नम्बर वडा अध्यक्ष फन्द्रा तामाङ (रोसन)माथी  झुठो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै नेकपा एमाले धादिङले आपत्ति जनाएको छ। एमाले धादिङका जिल्ला सचिव अर्जुन गोर्खालीले प्रेस विज्ञप्ती प्रकाशन गदै विभिन्न संचारमाध्याम र सामाजिक सञ्जालमा गरिएको दुष्प्रचारले लोकप्रिय नेता तामाङको चरित्र हत्या गर्न खोजिएकोले झुटको खेती बन्द गर्न आग्रह गरिएको छ।

गैर राजनितिक चरित्र भएका र विकास विरोधीहरुले एमालेको लोकप्रियताबाट आत्तिएकाहरुले सामान्य विषयलाई अतिरञ्जित बनाइ अफवाह फैलाएको प्रेस विज्ञप्तीमा उल्लेख छ। काल्पनिक घटना बनाएर एमाले र वडा अध्यक्ष तामाङलाई बदाम गर्न खोजिएको भन्दै झुटको खेती बन्द गर्न प्रेस विज्ञप्ती मार्फत आग्रह गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्