प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको नाराबाजी र अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बितिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । 
बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका छन् । 

सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्दा फिर्ता गर जस्ता नारा लगाइरहेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्