रोनाल्डोलाई बलात्कार मुद्दामा सफाइ, मुद्दा खारेज गर्न अदालतको सिफारिस

काठमाडौं– अमेरिकास्थित एक संघीय मजिस्टेस्ट न्यायाधीशले बलात्कार मुद्दामा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई सफाइ दिएका छन्। 

बलात्कारको आरोपमा रोनाल्डोविरुद्ध दर्ता भएको देवानी मुद्दालाई अमेरिकाको लस भेगासस्थित अदालतका न्यायाधीश ड्यानियल डेनियल अल्ब्रेग्सले खारेज गर्न सिफारिस गरेका छन्।

अदातलको निर्णयसँगै आफूमाथि लागेको बलात्कारको आरोपबाट रोनाल्डो मुक्त हुनेछन्।अमेरिकाकी एक मोडल क्याथरिन मेयोर्गाले १० वर्षअघि रोनाल्डोले आफूमाथि बलात्कार तथा यौन आक्रमण गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्। उक्त घटनासम्बन्धी फौजदारी मुद्दालाई अदालतले यसअघि नै खारेज गरिसकेको छ।

पूर्वमोडल मोयोर्गाले सन् २००९ मा रोनाल्डोले लस भेगासको एउटा होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।तर, नेभेडाको न्यायाधिवक्ताको कार्यालयले रोनाल्डोमाथि मुद्धा चलाउने पर्याप्त प्रमाण नभेटिएको भन्दै उनलाई अभियोगमुक्त गरेको थियो। कहाँ, कसले र कहिले त्यस्तो दुर्व्यवहार गरेको हो भन्ने मोयोर्गाले प्रमाण जुटाउन सकेकी थिइनन्। 

रोनाल्डोले उक्त प्रकरणमा आफूहरुले सहमतिमै सम्बन्ध राखेको र कुनै अपराध नगरेको बताउँदै आएका छन्। रोनाल्डोले उक्त प्रकरणको तीन वर्षपछि नै मोयोर्गासँग आर्थिक रुपमा यो मुद्दा सल्टाएको बताइन्छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्