दशैँका लागि खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ

दशैँ तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलोको ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाण्डौको थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैँका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गर्नु भयो । उहाँले खसी, बोकाको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।

कम्पनीले हाल २ हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवस्यक्ता अनुसार थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वाग्मती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिनुभयो । उहाँले दैनिक ५ सय वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताउनु भयो ।

कम्पनीले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खसी, बोका खरिद गरिरहेको बताउनु भयो । -उज्यालो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्