मनसुन आज भोलिमै बाहिरिन सक्ने

यसपालिको मनसुन आज भोलिमै बाहिरिने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाकाले बताउनुभएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिइसकेको छ ।हाल गण्डकीसहित पूर्वी पहाडी क्षेत्रमा भने हल्का प्रभाव छ । आज भोलिमै मनसुन बाहिरिने सम्भावना रहेकोले अध्ययन गरिरहेको र बेलुकासम्म सूचना निकाल्ने मौसमविद् सापकोटाकाको भनाई छ।नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । मनसुन नेपालबाटै बाहिरिने अवस्थामा रहेकाले अबको दुई÷तीन दिन मौसम सफा हुने पनि मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्