नेपाल पहिलो पटक साफ च्याम्पियनशिपको फाइनलमा

नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ । आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।  

खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

 नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४बजेर ४५ मिनेटमा सुरु भएको भएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको थिएन ।बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ३  खेल बराबरीमा सकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्