दशैँमा बन्द गरिएको केबुलकार आजदेखि सञ्चालनमा 

नेपालीको महान् चाड बडादशैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको मनकामना केबुलकार आजदेखि सञ्चालनमा आएको छ। विगतका वर्षमा दशैँको तीन दिन बन्द गरिँदै आएको केबुलकार यो वर्ष महानवमी र विजयदशमी दुई दिनमात्र बन्द गरिएको र आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो।

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो। गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्