एक हजार ७७३ को परिक्षणमा १४७ संक्रमित थपिदा ८४५ निको

नेपालमा पछिल्लो २४ घण्टामा १४७ कोरोना संक्रमित थपिदा ८४५ संक्रमित निको भएका छन्।देशभरका प्रयोगशालाबाट १४ सय ४६ जनाको पीसीआर गर्दा १३६ जना र ३२७ जनाको एन्टिजेन परिक्षणमा ११ गरी १४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार २७२ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९७ हजार ३१२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८० हजार ७७६ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ०३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यसमध्ये ११ हजार ५४४ जना होमआइसोलेसनमा, १ हजार ५४ जना संस्थागत आइसोलेसनमा, ३०७ जना आईसीयू र ९७ जना भेन्टिलेटरमा रहेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्