आज देशभर ५९१ संक्रमित थपिदा ९३७ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ५९१ कोरोना संक्रमित थपिदा ९३७ संक्रमित निको भएका छन्।देशभरका प्रयोगशालाबाट ७ हजार ६५४ जनाको पीसीआर गर्दा ५२३ जना र २ हजार २० जनाको एन्टिजेन परिक्षणमा ६८ गरी ५९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार ३९१ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९८ हजार २९४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८२ हजार ३९३ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ८७४ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब १ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ९ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २९३ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यसमध्ये १० हजार ८४७ जना होमआइसोलेसनमा,१ हजार २७ जना संस्थागत आइसोलेसनमा, २८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा रहेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्