साफ उपविजेता खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई ३ लाख दिने

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले पुरस्कार प्रदान गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडीलाई जनही ५ लाख दिने र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

नेपाली फुटबल टोली साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा पहिलोपटक फाइनल पुगेको हो । फाइनलमा भने नेपाली टोली भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टोली आजै स्वदेश फर्किएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्