आठौ नाईन ए साईड फुटबलमा बुधबार सालबास र आयोजक एको जित,आज पाँच खेल हुदैँ

ज्वालामुखी गाउँपालिका–७ धारापानीमा जारी आठौ धारापानी नाईन ए साईड फुटबल प्रतियोगितामा बुधबार बर्षाका कारण २ खेलमात्रै सम्पन्न भएको छ।बुधबारको पहिलो खेलमा सालबास युनाईटेडले जलअनकन्या युवा क्लबलाई ५–० गोलले पराजित गर्याे भने दोस्रो खेलमा लनगशिल युवा क्लब ए ले सनराईज फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको आयोजक लगनसिल युवा क्लवका  कृष्ण गिदेल मगरले जानकारी दिनुभयो।

No description available.

प्रतियोगितामा आज पाँच खेल हुने आयोजकले जनाएको छ ।आजको पहिलो खेल सृजनसिल  युवा क्लब र एन टि वाई सि बिच हुनेछ भने दोस्रो खेल सल्यानटार र मैदी युनाईटेड  बिच हुनेछ।त्यस्तै तेस्रो खेलमा मुरली भन्ज्याङ्ग र सालबास युनाईटेड तथा चौथो खेलमा खेलमा मिरमिरे युवा क्लब र एकता फुटबल क्लब भिड्नेछन। साथै आजको अन्तिम खेलमा आयोजक ए ले सृजनसिल र एन टि वाई सि बिचको बिजेता संग खेल्ने आयोजकले जनाएको छ ।

लगनसिल युवा क्लवको आयोजनामा असोज ३१ गतेबाट शुरु भएको उक्त फुटबल प्रतियोगितामा जिल्लाका १८ वटा क्लबको सहभागीता रहेको छ।प्रतियोगिताको बिजेताले नगद रु १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकका कृष्ण गिदेल मगरले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल तथा समापन साथै पुरस्कार वितरण कार्यक्रम कार्तिक ५ गते हुनेछ।​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्